Logo
Logo

कर्णालीमा उत्कृष्ट कृषकलाई सुनको हलो


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताएका छन् ।

‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा साेमबार धान दिवस मनाउने कार्यक्रममा कृषिमन्त्री शाहीले आर्थिक वर्ष २०७८/०७९ मा कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने र यसमा उत्कृष्टकार्य देखाउने कृषकलाई प्रदेश सरकारले सुनको हलोले सम्मान गर्ने बताएका हुन् ।

“कर्णालीमा १७ लाख जनसङ्ख्या छ तर एक लाख ३३ हजार मेट्रिकटन मात्र खाद्यान्न उत्पादन हुँदो रहेछ,” उनले भने , “उत्पादनमा वृद्धि ल्याई कृषिमा आत्मनिर्भरता बढाउन कृषकलाई हौसला मिलोस् भनेर प्रदेश सरकारले उत्कृष्ट कृषकसहित अन्य कृषकलाई पनि सम्मान गरिनेछ । ।”

मन्त्री शाहीले कर्णालीमा कोदो, फापर, मर्कै, चिनो, कागुनोजस्ता रैथानी बाली उत्पादन गर्न कृषकलाई प्रेरणा मिल्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

गतवर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३.९५ प्रतिशत थियो । यस वर्ष बढ्ने अपेक्षा गरिएको छ । प्रदेशमा वर्षेनी झण्डै २६ हजार मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा तीन लाख १६ हजार ३९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ । यहाँ तीन लाख ४८ हजार ७३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । कर्णालीका सुर्खेत र सल्यानमात्र धान उत्पादनमा आत्मनिर्भर मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्