Logo
Logo

५५ वर्षपछि जर्मनीलाई पराजित गर्ने इंग्ल्याण्डकाे दाउ


दृष्टि संवाददाता


एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत आज राति इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ ।

लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति पाैने १० बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।

युरोकपमा इंग्ल्यान्ड र जर्मनी तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जित निकालेका थिए । वेम्बलीमा दुई टिमबीचको यो १३ औं भेट हुनेछ ।

सन् १९६६ पछि इंग्ल्यान्डले जर्मनीलाई मेजर फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिताको नकआउट चरणमा हराउन सकेको छैन । सन् १९६६ को विश्वकप फाइनलमा पनि इंग्ल्यान्डले तत्कालिन पश्चिम जर्मनीलाई हराएको थियो ।

त्यसयताका भेटमा जर्मनी इंग्ल्यान्डमाथि हावी हुँदै आइरहेको छ । इंग्ल्यान्ड समक्ष जर्मनीलाई नकआउट चरणमा हराउने फेरि अवसर जुरेको छ । इंग्ल्यान्डले जर्मनीविरुद्ध मिडफिल्डर मासन माउन्ट र फुल ब्याक बेन सिवेललाई खेलाउने सम्भावना छ ।

प्रशिक्षक साउथगेटले मिडफिल्डर फुल ब्याक पोसेसन बलियो बनाउन दुई खेलाडीलाई पहिलो सेटमै राख्न सक्छन् । आइसोलेसनमा रहेका यी दुवै खेलाडीले सोमबार अभ्यास गरेका छन् । 

मेजर फुटबलमा जर्मनी र इंग्ल्यान्डबीच रेकर्ड
सन् १९६६ को विश्वकप फाइनल : इंग्ल्यान्ड ४–२ जर्मनी (तत्काल पश्चिम जर्मनी)

सन् १९७० को विश्वकप क्वार्टरफाइनल : अतिरिक्त समयमा ३–२ ले बेलायत पराजित

सन् १९९० को विश्वकप सेमिफाइनल :  पेनाल्टीमा बेलायत पराजित

सन् १९९६ को युरोकप सेमिफाइनल :  पेनाल्टीमा बेलायत पराजित

सन् २०१० को विश्वकपको प्रिक्वार्टरफाइनल :  बेलायत पराजित

प्रतिक्रिया दिनुहोस्