Logo
Logo

रूपा सुनारविरुद्ध भ्रम फैलाउने ६ अनलाइन बन्द गराउन पत्राचार


दृष्टि संवाददाता


काठमाडाैं । आफूलाई जातीय भेदभाव गर्ने घरबेटीविरुद्ध उजुरी हालेको रिसमा रूपा सुनारविरुद्ध तथ्यहीन समाचार छाप्ने ६ अनलाइन पत्रिकालाई प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ।

आफूसहित सिंगो दलित समुदायको चरित्र हत्या गर्ने गरी भ्रामक समाचार लेखेको भन्दै सञ्चारकर्मी सुनारले लिखित उजुरी दिएपछि काउन्सिलले सम्बन्धित अनलाइन बन्दै गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो ।

रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो ।यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड खाएको जस्ता लाञ्छना लगाएका थिए ।

यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहितत रुपाले जाहेरी दिएका थिए । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेका छन् ।

रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्