Logo
Logo

मर्स्याङ्दी नदीले झोलुङ्गे पुल बगायो, जोखिम बढ्दै


दृष्टि संवाददाता

693
Shares

मनाङ । मर्स्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । झोलुङे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ ।

बाढी पहिराले शुरुआतमा यहाँको तल्लो भागमा क्षति पुर्‍याएकाे भए पनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

‘बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ, विपद्लाई रोक्न नसकिने रहेछ’, लामिछानेले भने, ‘निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिराको जोखिम बढेको छ, बाढीपहिराले बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ, केही भाग अति जोखिममा छन् ।’ बाढीको प्रभाव बिस्तारै माथिल्लो भागतर्फ सरेको आभाष भइरहेको उनले बताए ।

माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एकमात्र पुल बाढीले बगाएपछि एकापसमा सम्पर्क तथा आवतजावत रोकिएको ङिस्याङ–१ का वडाध्यक्ष भुजुङ गुरुङले जानकारी दिए ।

‘जनताको सुरक्षाको व्यवस्थापन गर्नुपर्ने अभिभावक हुँ, केहीलाई सुरक्षित गराउनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्कोतर्फ मेरै घर बाढीले आधा तानिसकेको छ’, उनले भने ।

पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ–१ का वडा सचिव पशुपति अधिकारीले जानकारी दिए । जोखिममा परेको ती घरपरिवारलाइै माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घर जोखिममा रहेको उनले बताए । बाढीको जोखिम बढ्दै गएपछि जिल्लावासी त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्