Logo
Logo

इटाली पठाइदिन्छु भन्दै ३१ लाख ५० हजार गठी गर्ने पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । वर्किङ भिषमा इटाली पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी पर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दयपुर त्रियुगा नगरपालिका–७ घर भइ हाल काठमाडौं बुढानिलकण्ठमा बस्दै आएका ३६ वर्षीय उमेश रेग्मी छन् ।

पीडितहरुको उजुरीको आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुरको टिकाथलीबाट पक्राउ गरेको हो । उनले विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग लाखौं रकम ठगी गरेका थिए ।

प्रहरीका अनुसार उनले प्रतिव्यक्ति १० लाख ५० हजारका तीन व्यक्तिबाट ३१ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् ।

उनले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु भन्दै एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीको पारम्भीक अनुसन्धानले देखाएको छ ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्