Logo
Logo

टी २० वरीयतामा कुशल र ज्ञानेन्द्रको सुधार

पारस र सन्दीपकाे वरीयता यथावत


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको वरीयतामा सुधार आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो वरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा छन् । यसअघि भूर्तेल ६१औँ स्थानमा थिए । उनले एक स्थान सुधार गर्दै ६० औं स्थनमा आफूलाई राखेका छन् ।

कुशलको बरीयता बंगालदेशका शाकिब अल हसनभन्दा माथिछ । कुशलको ४४२ रेटिङ प्वाइन्ट छ भने उनीभन्दा पछि रहेका शाकिबको ४४० रेटिङ प्वाइन्ट छ । 

पछिल्लो वरीयता अनुसार पारस खड्का ८८ औं स्थानमा छन् । पछिल्लो वरीयतामा खड्का ८८औँ स्थानमा परेका छन् । यस्तै सन्दीप लामिछाने ७६औँ स्थानमा छन् । नयाँ वरीयता अनुसार टी–२० क्रिकेटमा नेपाल १३औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्