गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु


दृष्टि संवाददाता


कास्की । कास्कीको मादी गाउँपालिकामा एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्