Logo
Logo

वागमती सिँचाइ आयोजनाको ३० वटै ढोका खाेलियाे


दृष्टि संवाददाता


राैतहट । लगातार परेको अविरल वर्षाका कारण रौतहटको विभिन्न नदी खोलाहरुको जलस्तरमा वृद्धि भएको छ । जलस्तर वृद्धि सँगै स्थानीय प्रशासनले नदी खोला नजिकै नजान सर्वसाधारणहरुलाई आग्रह समेत गरेको छ ।

वागमती, लालबकैया नदीमा पानीको बहाव तीव्र रुपले बढेपछी स्थानीय प्रशासनले ठुला नदी तथा साना खोलाहरुमा पानीको सतह बढेपछी सर्वसाधारणहरुलाई जान रोक लगाएको हो ।

पहाडी तथा चुरे क्षेत्रमा भईरहेको वर्षाबाट वाग्मती नदीको बहाव उच्च भएपछी वाग्मती सिँचाइ आयोजनाको ३० वटै ढोका खोलिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

वागमतीको सबै ढोका खोलिएपनी पूर्वी र पश्चिम दुवै नहरमा पानी छोडिएको छैन । सबै ढोकाको साथसाथै ६ वटा सुलिस गेट पनि खोलिएको छ ।

स्थानीय प्रहरी प्रशासनले नदी खोला किनारमा नजान आग्रह गरेपनी स्थानीय बासिन्दाहरु नदीमै उर्लेर माछा मार्ने तथा बगाएर ल्याएको दाउरा सँकलन गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्