Logo
Logo

एमाले बैठकमा सहभागी हुन वामदेव बालुवाटारमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बालुवाटार गएका छन् । उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका हुन् ।

गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमका उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेका हुन् ।

केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार २०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक भएका छन् ।

२०७७ पुस ५ मा नेकपा विभाजन भएपछि एकता अभियान चलाउँदै आएका गौतम अहिले एमालेको दुवै पक्षमा छैनन् । उनले एमाले एकता अभियान गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्