Logo
Logo

कांग्रेस पदाधिकारीको बैठक बस्दै


दृष्टि संवाददाता

315
Shares

फाईल तस्विर

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन लगायतका विषयमा निर्णय लिन बैठक बस्न लागेका कांग्रेसका एक नेताले जानकारी दिए । यसअघि विहीबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।

क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुंग्याएर सदस्यताको अन्तिम सूची बुझाउने समय दुई दिन बाँकी छ । महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्