Logo
Logo
बालुवाटारमा एमाले बैठक

‘पार्टीको नेता भन्ने अनि विपक्षीको हितमा कार्य गर्ने कुरा स्वीकार्य हुँदैन’

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो । माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै निवर्तमान सांसदलाई २ दिनको समय दिइएको बताए । बैठकमा अध्यक्ष ओलीले पार्टीको नेता हो भन्ने तर अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र विपक्षीको हित हुने कार्य गर्ने कुरा स्वीकार्य नहुने बताए । उनले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन समेत नेपाल समूहलाई आह्वान गरेका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपाध्यक्ष गौतमलाई स्वागत गर्दै अन्य नेताहरु पनि बैठकमा आउनुपर्ने बताए । अध्यक्ष ओलीले भने, ‘उहाँलाई स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोली हुने बैठकमा सहभागी हुन आग्रह गर्छु ।’ उनले पार्टी एकताको कुरा अगाडि बढिरहेका बेला तर्केर हिडेर समस्या सामधान नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्