Logo
Logo

हङकङ नेपाली महासंघले पठायाे एक सय थान अक्सिजन कन्सन्ट्रेटर


दृष्टि संवाददाता


धरान । हङकङ नेपाली महासंघले दुर्गम गाउँका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरी सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको छ । कोरोना संक्रमित गम्भीर विरामीको उपचारमा प्रयोगग हुने उक्त कन्सन्ट्रेटर पश्चिमका विभिन्न विकट जिल्लाहरुमा पठाउन सुरु गरिएको हो ।

शुक्रबार विहान दैलेख र कालिकोटका स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर वितरण गरिको छ । अछाम र मगलसेनको पनि त्यसतर्फ अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ ।

नेपालमा कोरोना संक्रमण दर र मृत्यु दर नघटेकाले सहयोगका लागि उक्त अक्सिजन कन्सन्ट्रेटर पठाएको महासंघकी निवर्तमान अध्यक्ष समेत रहेकी सयोजक रिता गुरुङले बताइन् ।

महासंघले हङकङ सरकार, नेपाली वाणिज्य दुतको कार्यालय र सोअर्स नामक एक गैर सरकारी सस्थाबीच समन्वय गरि उक्त अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको हो ।

२०० थान अक्सिजन कन्सन्ट्रेटर पठाउने तयारी गरिएपनि कार्गोको समस्याका कारण पहिलो चरणमा एक सय वटा मात्रै पाठाएको संयोजक गुरुङले जनकारी दिइन् । बाँकी रहेको एक सय कन्सन्ट्रेटर पनि १५ दिनभित्रै पाठाइसक्ने उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्