Logo
Logo

टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास


दृष्टि संवाददाता


एजेन्सी । जर्मन मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

जारी युरो २०२० को अन्तिम १६ मा इङ्ल्यान्डसँग २–० गोलको नतिजामा पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएसँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषण गरेका हुन् ।

सन् २००९ मा जर्मन टोलीबाट डेब्यू गरेका क्रुसले देशको प्रतिनिधित्व गर्दै १०६ खेल खेलेका छन् । उनले जर्मनीबाट १७ गोल गरेका छन् ।

सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा क्रुस टोलीका महत्वपूर्ण सदस्य थिए । बार्यन म्युनिखबाट व्यावसायिक फुटबल सुरु गरेका क्रुसले २००९ देखि २०१० सम्म बायर लेभरकुसेनमा लोनमा बिताएका थिए ।

२०१० देखि १०१४ सम्म बार्यनबाट १७९ खेल खेलेका क्रुसले २२ गोल गरेका थिए । २०१४ विश्वकपपछि रियाल गएका क्रुसले ३४५ खेलमा २२ गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्