![](https://fra1.digitaloceanspaces.com/appharuspace/drishtinews/uploads/2021/07/Saptakoshi-768x384.jpg)
काठमाडाैं । निरन्तरकाे वर्षासँगै सप्तकाेशी नदीमा जलस्तर बढेको छ । शुक्रबार साँझ कोसी ब्यारेज भएर एक लाख ५५ हजार ९ सय ७५ क्युसेक पानी बगिरहेको नियन्त्रण कक्षले जनाएको छ ।
सामान्य दिनहरुमा करिब ७० हजार क्युसेक हाराहारी पानी ब्यारेज भएर बग्ने गरेको छ । पानीको बहाव बढेसँगै निकासका लागि कोसी ब्यारेजका २४ वटा ढोका खुला गरिएको नियन्त्रण कक्षले जनाएको छ ।