Logo
Logo

युरो कप : बेल्जियमलाई इटालीको चुनौती


दृष्टि संवाददाता


एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियम र इटाली भिड्दैछन् । खेल नेपाली समयअनुसार मध्यरातको १२ः४५ बजे सुरु हुनेछ ।

बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने अष्ट्रियालाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको थियो ।

बेल्जिय फिफा वरियताकाे पहिलो नम्बरमा छ । यता, इटाली पनि उच्च लयमा रहेको छ । इटाली पछिल्लो ३१ खेलमा अपाजित रहेको छ । बेल्जियमले भने पछिल्लो २७ खेलमा एक खेल हार बेहोरेको छ ।

बेल्जियमका लागि पहिलो खेलमा चोट बोकेका डिफेन्डर टिमोथी कास्टग्ने टोलीमा फर्किएका छन् । पोर्चुगलविरुद्ध खेलमा केभिन डे ब्रुएन र कप्तान इडेन हाजार्ड भने घाइते भएका छन् । हाजार्डले प्रतियोगिता नै गुमाउने डर छ भने डे ब्रुएनको अवस्था खेलअघि अध्ययन गरिनेछ ।

इटाली र बेल्जियमले यसअघि ठूलो प्रतियोगितामा चार पटक खेलेका छन् । जसमा इटालीले तीन खेल जित्दा अर्को खेल बराबरीमा सकिएको छ । इटालीले युरो २०१६ को समूह चरणमा २(० को जित हासिल गरेको थियो ।

युरो २०१६ मा बेल्जियम वेल्ससँग ३(१ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । पछिल्लो १३ खेलमा बेल्जियमले ११ जित र दुई बराबरीको नतिजा निकालेको छ । यसक्रममा टोलीले ३२ गोल गर्दै ८ गोल खाएको छ ।

प्रतिक्रिया दिनुहोस्