Logo
Logo

स्विजरल्यान्डलाई पेनाल्टीमा हराउँदै स्पेन सेमिफाइनलमा


दृष्टि संवाददाता


एजेन्सी । स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विजरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अब स्पेनले सेमिफाइनलमा बेल्जियम र इटालीबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्