Logo
Logo

इटाली युरो-२०२० को सेमिफाइनलमा


दृष्टि संवाददाता



काठमाडौं । बेल्जियमलाई २–१ ले हराउँदै इटाली शुक्रबार युरो-२०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । अब रोबर्टो मानचिनीको इटालीले अन्तिम चारको खेलमा स्पेनको सामना गर्नेछ ।

कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनल पुगेको यो इटालीका लागि १२ औं अवसर हो । युरोपेली देशमध्ये जर्मनीले मात्र त्योभन्दा बढी २० पल्ट ठूला प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकोलो बारेलाको गोलले अग्रता लिएको इटालीका लागि लोरेन्जो इनसिघनेले दोस्रो गोल थपे र टिम कीर्तिमान ३२ खेलको अपराजित यात्रा छुन पनि सफल रह्यो । इटालीको यो लगातार १३ औं जित पनि हो ।

बेल्जियमका तर्फबाट रोमेलु लुकाकुले एक गोल फर्काए पनि त्यो विश्व वरीयताको नम्बर १ टिमलाई खेलमा फर्काउन पर्याप्त रहेन । यस हारसँगै उसको स्वर्णिम पुस्ताका खेलाडीको उपाधिविहीन यात्रा कायम रह्यो ।

प्रतिक्रिया दिनुहोस्