Logo
Logo

राष्ट्रिय सभामा प्रस्तुत सातवटा अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट राष्ट्रिय सभाका दुईजना सदस्यले राष्ट्रिय सभामा प्रस्तुत सातवटा अध्यादेश अस्वीकार गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएका छन् । जसपाका सांसद प्रमिला कुमारी र मृगेन्द्रसिंह यादवले शुक्रबार सातवटै अध्यादेश अस्वीकार गर्नुको कारणसहित सूचना दर्ता गराएका हुन् ।

ती अध्यादेशहरूमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, रेलवे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश र विनियोजन अध्यादेश छन् ।

उक्त अध्यादेशहरू संसद् छलेर ल्याएको, संविधानको भावनाविपरीत रहेको, संसदीय अभ्यास र मान्यताविपरीत रहेकोलगायतका कारण राष्ट्रिय सभाले अस्वीकृत गर्नुपर्ने सूचना पत्रमा उल्लेख छ । त्यस्तै, कांग्रेसले पनि अध्यादेश अस्वीकारको सूचना संसद् सचिवालयमा दर्ता गराएको छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्