Logo
Logo

टहरामा टिपर खस्दा सुतिरहेका श्रीमान् श्रीमतीको मृत्यु


दृष्टि संवाददाता

945
Shares

सांकेतिक तस्विर

काठमाडौं । काठमाडौंमा एक अस्थायी टहरामा टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर एक अस्थायी टहरामा पल्टिँदा दुई जनाको ज्यान गएको हो ।

बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु-चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङ छन् । मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। थली ओरालोमा आफैं अनियन्त्रित भएर टिपर पल्टिएको चालक घलानले बताएका प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्