Logo
Logo

धादिङमा गुडिरहेको ट्रकमाथि पहिरो खस्यो, गोरखामा पहिरोमा परेर दुईको मृत्यु


दृष्टि संवाददाता



काठमाडौं । गोरखाको सिरानचोकमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गएराति स्थानीय ८६ वर्षका दामोदर पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको हो ।

यस्तै धादिङमा गुडिरहेको ट्रक माथिबाट झरेको पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बेनिघाट रोराङ गाउँपालिका—१० स्थित राजमार्गमा ना८ख ४५४० नम्बरको ट्रकका सहचालक चितवन भण्डाराका वीरवल प्रजाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ। मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकमाथि शनिबार पहिरो खसेको हो । पहिरोमा परेर अन्य पाँच वटा सवारीसाधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्