Logo
Logo

युरो कप : चेक रिपब्लिक र डेनमार्क भिड्दै


दृष्टि संवाददाता


एजेन्सी । युरो कप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा आज चेक रिपब्लिक र डेनमार्क भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे हुन् छ ।

डेनमार्कले राउन्ड अफ १६ मा वेल्सलाई ४-० गोल अन्तरले पारजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो भने चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका थियो ।

युरोमा चेक र डेनमार्कबीच यो तेस्रो भेट हो । यसअघि चेकले सन् २००० को समूह चरणमा २-० तथा २००४ को क्वाटरफाइनलमा ३-० को जित दर्ता गरेको थियो । अन्तर्राष्ट्रिय खेलमा भने यी दुईबीच पछिल्लो ६ मध्य ५ खेल बराबरीमा सकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्