Logo
Logo

युरो कप : इंग्ल्यान्डलाई युक्रेनकाे चुनौती


दृष्टि संवाददाता


एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा इंग्ल्यान्ड र युक्रेन भिड्दैछन् । खेल नेपाली समयअनुसार मध्यरातको १२ः४५ बजे सुरु हुनेछ ।

मंगलबार जर्मनीलाई २-१ ले हराउँदै इंग्ल्यान्डले क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको थियाे ।

युक्रेन पहिलो पटक युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेकाे हाे । यदि इग्ल्यान्ड युक्रनलाई हराउन सफल भएको भने टोली युरो १९९६ पछि पहिलो पटक सेमिफाइनल पुग्नेछ ।

फिफा वरियतामा २४ औं स्थानमा रहेको युक्रेन इंग्ल्यान्ड भन्दा २० स्थान तल छ । यी दुई टोलीबीच अहिले सम्म ७ पटक भेट हुँदा युक्रेनले एक पटक मात्र जित निकालेको थियो । २००९ मा विश्व कप छनोटमा युक्रेनले इंग्ल्यान्डलाई १-० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्