Logo
Logo

युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।

शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २—१ ले र इंग्ल्याण्डले युक्रेनलाई ४—० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

अब यी दुई टोली नै दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै त्यसअछि पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्नेछन् । इंग्ल्याण्डबाहेक बाँकी तीन टिम युरोकपको पूर्व विजेता हुन् ।

इटली र स्पेनबीचको खेल जुलाई ६ तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुनेछ । दुवै खेल राति १२ ः ४५ बजे बेलायतको लण्डनस्थित वेम्वली स्टेडियममा हुनेछन् । दुई सेमिफाइनल विजेताले उपाधिका लागि जुलाई ११ मा फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्