इंगल्यान्डले रच्यो इतिहास, २५ वर्षपछि युरोकपको सेमिफाइनलमा « Drishti News – Nepalese News Portal
Logo

इंगल्यान्डले रच्यो इतिहास, २५ वर्षपछि युरोकपको सेमिफाइनलमा


दृष्टि संवाददाता



काठमाडौं । इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा युक्रेनमाथि सानदार जित निकाल्दै प्रवेश गरेको छ ।

रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे। त्यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक(एक गोल गरे । यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।

अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । यस अघि राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्