Logo
Logo

आमिर खानले किन गरे डिभोर्स ? यस्तो छ उनीहरुले लेखेको संयुक्त पत्र


दृष्टि संवाददाता



काठमाडौं । बलिउडका मिस्टर फरफेक्शनिस्ट आमिर खान र किरण रावले डिभोर्स गरेका छन् । उनीहरुले १५ वर्षको सम्बन्धलाई तोडेका हुन् । उनीहरु दुबैले सहमतिमा सम्बन्ध विच्छेद गरेको बताएका छन् ।

दुबै श्रीमान र श्रीमतीको रुपमा नरहे पनि व्यवसायिक साझेदार भने बन्न सक्ने टाइम्सअफ इन्डियाले जनाएको छ । उनीहरुले भनेका छन्, ‘हाम्रो व्यवसायिक सम्बन्ध भने कायम छ ।’ उनीहरुको एक सन्तान छन्, अजाद । उक्त बच्चाको पालनपोषण दुबैले गर्ने सहमति भएको उनीहरुको भनाई छ ।

उनीहरुको भेट फिल्म लगानको सेटमा भएको थियो । त्यहाँ किरण असिस्टेन डाइरेक्टर थिइन् । दुबै केही बर्ष डेट गरेपछि विवाह गरेका थिए ।

आमिर खानले यसअघि सन् २००२ मा रिना दत्तसँग सम्बन्ध विच्छेद गरेका थिए । आमिर र रिनातर्फ दुई छोराछोरी छन् । पछि २००५ मा किरण रावसँग आमिरको विवाह भयो । यो आमिरको दोस्रो विवाह थियो । आमिर र किरण रावले अलग हुनुको संयुक्त पत्र लेखेका छन् । यस्तो छ उनीहरुले लेखेको पत्रः

यी १५ सुन्दर बर्षहरुमा हामीले एकसाथ जीवनभरको अनुभव, आन्नद र खुसी साझेदार गरेका थियौं । र, हाम्रो सम्बन्धले केवल विश्वास, सम्मान र प्रेम बढायो । अब हामी आफ्नो जीवनमा एक नयाँ अध्याय सुरु गर्न चाहन्छौं । अब पती र पत्नीको रुपमा नभई सह माता पिता र परिवारको रुपमा रहने छौं । हामीले केही समय पहिले एक प्लान्ड सेपरेशन सुरु गरेका थियौं । अब यस व्यवस्थालाई औपचारिक रुप दिनमा सहज महसुष गरेका छौं । अलग अलग रहेर पनि आफ्नो जीवनको एक विस्तारित परिवार झै साझेदार रहनेर्छौ । हामी आफ्ना छोरा आजादप्रति समर्पित आमा बुवा हौं, जसको पालन पोषण हामी दुबै मिलेर गर्नेछौं । हामी फिल्म, पानी फाउन्डेसन र अन्य परियोजनामा पनि सहयोगी काम जारी राख्नेछौं । जसको बारेमा हामी भावुक महसुष गरिरहेका छौं । हाम्रो सम्बन्धको विकासका बारेमा उनको निरन्तर समर्थन र समझदारीका लागि हाम्रा परिवार र साथीभाईलाई एकदमै धन्यवाद दिन्छौं । हामी आफ्ना शुभचिन्तकबाट शुभकामना र आर्शिवादको अपेक्षा गर्छौं । र, आशा गर्छौं कि, हामीले जस्तै यस सम्बन्ध विच्छेदलाई एक अन्त्याको रुपमा नभई, एक नयाँ यात्राको सुरुवातको रुपमा बुझ्नुहुनेछ । धन्यवाद र प्रेम ।

प्रतिक्रिया दिनुहोस्