Logo
Logo

हट्याे जोर-विजोर प्रणाली, सबै सार्वजनिक यातायात चल्ने


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हाे ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको हाे ।

जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएको थियाे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्