Logo
Logo

राम रुकमणी गुठीद्वारा भेन्टिलेटर सहयोग


दृष्टि संवाददाता


काठमाडाैं ।  राम रुकमणी परोपकारी निजी गुठीले नेपाल भेन्टिलेटर सेवालाई भेन्टिलेटर सहयोग गरेको छ ।

सहयोग गरेको भेन्टिलेटर कोभिड १९ का बिरामीको उपचार गरिरहेको सार्वजनिक र सामुदायिक अस्पताल र नर्सिङ होमहरुलाई प्रदान गरिनेछ ।

भेन्टिलेटरको माग पूरा गर्न कडा संघर्ष गर्नुपर्ने अवस्था सृजना भएको समयमा त्यसको न्यूनीकरणका लागि सहयोग गरिएको गुठीले जनाएको छ।

यो गुठीले नेपालका अधिकांश आधारभूत स्वास्थ्य सेवा र शिक्षाबाट वञ्चित भएका मानिसलाई सहयोग गर्दै आएको छ । नेपाल भेन्टिलेटर सेवा र ट्रष्टबीच नेपालमा आइपर्ने नाजुक अवस्थाको अन्त्य गर्न सहयोग गर्ने समझदारी समेत भएको छ ।

शिक्षा, स्वास्थ्य, विपन्न, तथा गाँस बास कपासका समस्याहरु निवारण तथा रोजगारीका लागि सीप विकास मा निर्धन र वञ्चित लाई सहायता पुर्याउने गुठीकाे मुख्य उद्धेश्य छ ।

प्रतिक्रिया दिनुहोस्