Logo
Logo

साउदी अरबले लगायो नेपाललाई यात्रा प्रतिबन्ध


दृष्टि संवाददाता


काठमाडाैं । साउदी अरबले नेपाललाई यात्रा प्रतिबन्ध लगाएकाे छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै साउदीले नेपाललाई यात्रा प्रतिबन्ध लगाएकाे हाे ।

साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र यी देशहरू भ्रमण गन पाउने बताइएको छ । प्रतिबन्धहरू आइतवार रातिदेखि लागू हुनेछन् ।

यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् नेपालसहित लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिकाबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो ।

यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्