Logo
Logo

कुमारी बैंक–दृष्टि दी भिजन आई सेन्टरबीच सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालमा आँखासम्बन्धी उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दी भिजन आई सेन्टर प्रालिबीच बैंकका ग्राहकको आँखासम्बन्धी उपचार सेवामा सहुलियत दिने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र आई सेन्टरका निर्देशक डा. रोहित सैजूले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दृष्टि दी भिजन आई सेन्टरबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी सेवाको सेवाशुल्क कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवाशुल्कमा २० प्रतिशतसम्म र आँखासम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

बैंकले देशभर १ सय ९४ शाखा, १ सय ६५ एटिएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्