Logo
Logo

फ्लोरिडाको १२ तले भवनको बाँकी भाग बिस्फोट गरेर भत्काइयो


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा १० दिनअघि अचानक भत्किएको एउटा १२ तले भवनको बाँकी भाग बिस्फोट गरेर भत्काइएको छ ।

कमजोर भएको उक्त भवनले हावाहुरी थेग्न नसक्ने ठानेर अधिकारीहरूले भत्काइउको न्युयोर्क टाइम्सले जनाएको छ । आइतबार राति भवनको बाँकी भाग भत्काइएको हो ।

जुन २४ को राति उक्त भवनको आधा भाग अचानक भत्किएको थियो। भवन भत्किँदा मृत्यु भएका २४ जनाको शव फेला परेको छ भने १२१ जना अझै बेपत्ता छन्।

भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका थिए। कतिले त भवनमा मिसाइल हानेजस्तो लागेको भनेका थिए।

सन् १९८१ मा बनेको उक्त भवन अचानक किन भत्कियो भन्ने कारण खुलिसकेको छैन। स्थानीयहरूले भवनको पुनः प्रमाणिकरणका लागि केही समयदेखि अनुसन्धान भइरहेको र छेउमै अर्को भवन बनिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्