माओवादी नेतृ पम्फा भुसाललाई मातृ शोक « Drishti News – Nepalese News Portal
Logo

माओवादी नेतृ पम्फा भुसाललाई मातृ शोक


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेतृ पम्फा भुसाललाई मातृ शोक परेको छ ।

नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्