Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सकियो, एमिकस क्युरीको रायपछि फैसला


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सकिएको छ ।

दुबै तर्फको बहस किए पनि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी छ । एमिकस क्युरीको रायपछि मात्र यो मुद्धामा सर्वोच्च अदालतले फैसला सुनाउने छ ।

यो मुद्धामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरी चयन भएका छन् ।

एमिकस क्युरीले आजै राय दिनेछन् । एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्