काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।
तालिका अनुसार पहिलो चरणको मतदानका लागि आउँदो असोज २० र २१ गते उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको आयोगले जनाएको छ ।
यसैगरी दोस्रो चरणको मतदानका लागि असोज ३१ र कार्तिक १ गते उमेदवारी मनोनय दर्ता गर्ने, र कार्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख रहेको छ । दल दर्ताका लागि आह्वानसहित निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेकाे हाे ।
यद्यपि प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरु विचाराधीन छन् । यदि अदालतले संसद पुनस्र्थापनाको आदेश दिएमा निर्वाचन हुने छैन । संसद विघटन अदालतले सदर गरेमा चाहिँ निर्वाचनको माहौल बन्न सक्ने देखिन्छ ।













