Logo
Logo

राष्ट्रिय सभामा कोमल वलीको कविता- ‘बाँदरको आफ्नो देश हुँदैन’


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका तेता एवम् राष्ट्रियसभा सदस्य कोमल वलीले आफ्नो पार्टीभित्रको घरझगडालाई विषय बनाउँदै कविता वाचन गरेकी छन् । सोमबार राष्ट्रिय सभामा ‘बाँदरहरूको आफ्नो देश र भेष हुँदैन’ भन्दै कविता वाचन गरेकी हुन् ।

वलीको कविता

बाँदरहरूको आफ्नो देश हुँदैन, बाँदरहरूको आफ्नो निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।

कहिले मिलेका छन्, कहिले फुटेका छन् ।।
ईर्श्या भट्टीमा आफैंलाई भुटेका छन् ।।

आँखाभरी लोभ पापको पिपासा बोकेर आजकाल बेवारिसे बाँदरहरू विनाशाको मेलामा जुटेका छन् ।।

अलिकति चेतना भएको भए हामी र हाम्रो भन्न सक्थे ।।
हालेको जग बचाएको भए सुन्दर घरबास बन्न सक्थे।।

आखिर बाँदर न हुन, भोलिको प्रतीक्षा कहाँ गर्न सक्छन् ।।
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।।

बाँदरहरू खेती गदैनन् बाली विनास गर्छन् ।।
कहिले ढेडुहरूसँग मिल्छन्, कहिले गोइलानहरुसँग मिल्छन् ।।

कर्मको कुटो नलगाउने यी बाँदरहरू अमृतपान गर्ने सपाना देख्छन् ।।

बाँदरहरूको निश्चित देश हुँदैन, बाँदरहरूको निश्चित भेष हुँदैन ।।
छेपाराजस्ता रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।।

प्रतिक्रिया दिनुहोस्