Logo
Logo

राष्ट्रियसभामा कालो क्याप देखाएर संसद् विघटनकाे विराेध


दृष्टि संवाददाता


काठमाडौं । सरकारले संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन भएको भन्दै नेपाली कांग्रेसले राष्ट्रिय सभामा विरोध जनाएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधिसभा विघटनको विरोधमा कालो क्याप देखाएर बिरोध जनाएका हुन् ।

संसदमा कालो झण्डा देखाउन नमिल्ने भएकाले कालो क्याप देखाएको उनले बताए । उनले आफूले कहिल्यै पनि सदनमा कालो क्याप लगाएर नआएको भए पनि सोमबार विरोधकै लागि कालो क्याप लगाएको बताए ।

कोरोना माहामारीका कारण सडकमा प्रदर्शनका लागि आउनु उपयुक्त नभएको भन्दै उनले सांकेतिक विरोध गरिएको जिकिर गरे । रायमाझीले सरकारले कोरोना सङ्क्रमण रोकथाममा प्रभावकारी काम गर्न नसकेर आरोप लगाए ।

उनले मुलुकमा भ्रष्टाचारले जरा गाडेको आरोप लगाउँदै कोरोनाविरुद्धको खोप खरीदमा पारदर्शिता कायम हुनुपर्ने माग गरे । फरक प्रसङ्गमा सांसद रायमाझीले संसद्बाट पारित चुच्चे नक्सा अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट प्रकाशित पाठ्यपुस्तकमा किन उल्लेख भएन भनी सरकारसँग प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्