Logo
Logo

२ हजार ६२२ जनामा काेराेना पुष्टि, २ हजार २११ संक्रमणमुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप दुई हजार छ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा सात हजार चार सय ९९ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार सात सय ४५ जना र चार हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टाको अवधिमा देशभर गरी २३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या नौ हजार दुई सय ४८ पुगेको छ ।

गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार २ सय ११ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख ११ हजार ४२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्