Logo
Logo

सुजिताको रहस्यमय मृत्युबारे गहिरो अनुसन्धान गर्न कांग्रेसको माग


दृष्टि संवाददाता


काठमाडौं । चितवन राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको मृत्युबारे गहिरो अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

९ दिनदेखि हराइरहेकी सुजिताको शव आइबार साँझ फेला परेको थियो । उक्त घटनाको गहिरो अनुसन्धान गर्न र दोषीमाथि तत्काल कारबाही गर्न कांग्रेसले माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको छ। ९ दिनसम्म उनी नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ ।’

भण्डारीको शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको थियो । उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने विष फेला परेको छ । भण्डारीले सो विष सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्