Logo
Logo

प्रदेश १ को प्रदेशसभा बैठक पुनः अवरुद्ध


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा माओवादी केन्द्रको अवरोध जारी रहेपछि प्रदेश १ प्रदेशसभाको सोमबारको बैठक पनि अवरुद्ध भएको छ । यसअघि पनि बैठक लगातार चार पठक अवरुद्ध भइसकेको छ ।

सोमबारको बैठक सुरु हुने बित्तिकै माओवादी सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा उपसभामुख सरस्वती पोखरेलले सदन सञ्चालनका लागि बस्न आग्रह गर्नुभएको थियो ।

तर, सांसदहरुले उठेर बिरोध जनाएपछि उपसभामुख पोखरेलले मंगलबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेको भन्दै माफी माग्नुपर्ने माओवादीको माग छ ।

यही विषयमा लगातार बैठक अवरुद्ध भए पनि सदन सुचारु गराउनेतर्फ सरकारले ध्यान नदिएको माओवादीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्