Logo
Logo

एमाले एकताका लागि पुनः ब्युँतियो कार्यदल

कार्यदलको औपचारिक बैठक सिंहदरबारमा जारी


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेको एकताका लागि गठन गरिएकाे कार्यदल पुनः ब्युँतिएकाे छ । सहमतिको मस्यौदाका लागि यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमति अनुसार गठित कार्यदलको औपचारिक बैठक सिंहदरबारमा शुरू भएको हाे ।

सर्वोच्च अदालतमा बहस सकिएकाले त्यसबारे अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको छ ।

त्यसबाहेक अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएमा माधव नेपाललाई सम्मानजनक स्थान दिएर केपी ओलीको सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको छ ।

कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट संयोजक भीम रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट छन् ।

२०७८ जेठ २ गते एमालेमा सहमति जुटाउनका लागि भन्दै कार्यदल गठन गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्