Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

संसद विघटनविरुद्धको मुद्दामा बहस सकिएकोदेखि सेयर बजार घटेकोसम्म


दृष्टि संवाददाता


१. प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा पक्ष र विपक्षको बहस र एमीकस क्युरीको राय दिने क्रम सकियो, वरिष्ठ अधिवक्ताद्वय उषा मल्ल पाठक र प्रकाशबहादुर केसीले वर्तमान प्रधानमन्त्रीको कदम उचित भएको राय दिँदा वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र कोमलप्रकाश घिमिरेद्वारा विपक्षीको माग सही भएको राय प्रस्तुत, मुद्दाको अर्को पेसी असार २८ गते तोकियो ।

२. नेकपा एमालेको विवाद समाधानका लागि कार्यदल सक्रिय, सिंहदरबारमा विवाद मिलाउन बैठक, बैठकमा अनौपचारिक विषयलाई औपचारिक रूपमा प्रवेश गराउँदै छलफल, बैठक सकरात्मक भएको माधव नेपाल पक्षका नेताको प्रतिक्रिया, अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने ।

३. निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नासाथ विपक्षी राजनीतिक दल आक्रोशित, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला निर्वाचन कार्यतालिका सार्वजनिक गरेर आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको मतियारका रुपमा काम गरेको विपक्षी नेताको आरोप, कार्यतालिकाअनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने ।

४. जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले निकाल्यो उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षसँग मिल्नुपर्ने निष्कर्ष, बाबुराम–उपेन्द्र मिल्न तयार भए प्रत्यत्न गर्ने कार्यकारिणी बैठकको निष्कर्ष, मंगलबार बिहान ११ बजे निर्वाचन आयोगमा जसपाका दुवै पक्षलाई सहमतिका लागि बोलाएकाले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्ने बैठकको निधो ।

५. राष्ट्रियसभाको बैठकमा सांसदहरुद्वारा प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा धारणा व्यक्त, बैठकको विषेश समयमा विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क पेश, नयाँ जनादेशका लागि निर्वाचनमा जानु नै उपयुक्त हुने एकथरीको धारणा, संविधानअनुसार हुने निर्वाचनले मात्र लोकतन्त्रको रक्षा गर्ने र गैरसंवैधानिक रुपमा हुने निर्वाचनले लोकतन्त्र नै नष्ट हुने अर्कोथरी धारणा व्यक्त ।

६. पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८ सय ७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण, २ ४ घण्टामा संक्रमणबाट २३ जनाको मृत्यु, २ हजार २ सय ११ जना निको भएर घर फर्किए ।

७. बहुचर्चित स्वदेशी लगानीको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन, पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै उद्घाटन, उद्घाटनका समयमा भने साढे ७ मेगावाट मात्रै विद्युत् उत्पादन, असारसम्ममा कम्तिमा २ वटा युनिटबाट १ सय ५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने तालिका, आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने ।

८. साढे चार अर्बमा सीमित भयो सेयर कारोबार, सूचक पनि घटेको घट्यै, मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ७३ गुणा बढी आवेदन, ९८ प्रतिशत भन्दा धेरैले शेयर नपाउने, वाणिज्य बैंकको १ अर्ब रुपैयाँको म्युचुअल फण्ड असार २३ गतेबाट, न्यूनतम सय कित्ता किन्न सकिने, असारे विकासले बढायो बैंकिङ्ग प्रणालीमा तरलता, आगामी आर्थिक वर्षमा पनि तरलता अभाव हुन नदिन केन्द्रिय बैंकले ध्यान दिनुपर्ने ।

९. टोकियो ओलम्पिकका लागि पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान, कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा, साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश,

१०. र, भारतमा थप ४० हजार संक्रमित, ७४३ संक्रमितको मृत्यु, सबै विदेशी सैनिकले सेप्टेम्बरभित्रै अफगानिस्तान छाड्नेमा तालिवानको आशंका, नाइजेरियामा नर्स र बालबालिका अपहरणमा, म्यानमारमा सेनाको ज्यादती, हालसम्म ८ सय ९० जना मारिए ।

प्रतिक्रिया दिनुहोस्