Logo
Logo

विद्यार्थीलाई स्पष्टीकरण


दृष्टि संवाददाता


रामजी राम

काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा अध्ययनरत दुई जनालाई अतिरिक्त शुल्क नबुझाएकामा स्पष्टीकरण सोधेको छ । एमबीबीएस पाँचौं वर्षमा अध्ययनरत रामजी राम र पंकज रामलाई परीक्षा आवेदन फाराम भर्न नदिई स्पष्टीकरण सोधिएको हो ।

परीक्षा आवेदन फाराम भर्ने अन्तिम दिन सोमबार फाराम भर्न नदिइएको रामजीले बताए । ‘शुल्क माग्दा किन शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा उजुरी दिएको भनेर २४ घण्टे स्पष्टीकरण मागिएको थियो,’ उनले सोमबार साँझ कान्तिपुरसँग भने, ‘स्पष्टीकरण दिएका छौं, चित्तबुझे फाराम भर्न दिन्छौं, नबुझे दिँदैनौं भनिएको छ ।’ कलेजका सञ्चालक बसरुद्दिन अन्सारीको निर्देशनमा स्पष्टीकरण सोधिएको विद्यार्थीको भनाइ छ । उनी निजी मेडिकल कलेज सञ्चालकहरूका तर्फबाट आयोगको सदस्यसमेत छन् ।

यसअघि पनि गत पुसमा उनीहरूलाई कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै चौथो वर्षको परीक्षामा सहभागी हुन रोकेको थियो । आईओएमको निर्देशनपछि उनीहरूले परीक्षा दिन पाएका थिए । पाँचौं वर्षको आवेदन फाराम भर्न जाँदा ८ लाख ७३ हजार शुल्क मागिएको रामजीले सुनाए । ‘वार्षिक शुल्क, होस्टल र इन्टरनेट शुल्क भनेर रकम मागिएको छ,’ उनले भने, ‘म होस्टल नै बसेको छैन । होस्टलले नबसेको पत्र दिएन, कलेज प्रशासनले शुल्क मागिरहेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्