Logo
Logo

एमाले कार्यदलको बैठक सिंहदरबारमा


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । नेकपा (एमाले) विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको छ ।

एमालेको एकता जोगाउन गठन भएको कार्दलको बैठक आज (मंगलबार) बस्दैछ । कार्यदलका एक जना सदस्य एमाले सचिव गोकर्ण विष्टले सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए ।

कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको हो ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरुले बताएका छन् ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

प्रतिक्रिया दिनुहोस्