Logo
Logo

मापडण्ड विपरित निर्माण गरिएका सडकले दुर्घटना निम्त्याउँदै


हिक्मत बम


चुरे । निर्माणाधिन सहजपुर-वीपीनगर-बोगटान सडक खण्ड मापडण्ड विपरित निर्माण हुँदा दुर्घटनाको जोखिम निम्तिएको छ । दैनिक जसो दर्जनौं सवारीसाधन चल्ने उक्त सडकखण्ड मापडण्ड विपरित निर्माण हुँदा दुर्घटनाको जोखिम निम्तिएको हो ।

सडक निर्माण गर्दा गुण्स्तरहीन सामग्रीहरु प्रयोग गरि निर्माण गरिएको बताउँदै स्थानीयहरुले उक्त सडक भाँसिदा बस्तीहरु जोखिममा रहेको र सवारीसाधनहरु पनि दुर्घटनाको जोखिम रहेको बताएका छन ।

स्थानीयका अनुसार सडक निर्माण गर्दा नालाको व्यवस्थापन गरिनुपर्ने हो तर नाला निर्माण गरिएको छैन र कमसल खालका निर्माण सामग्रीहरुको प्रयोग गरिएको छ । जसले गर्दा सडक भाँसिएर सवारीसाधन दुर्घटना हुनुका साथै वर्षातमा पहिरोको उच्च जोखिममा बस्ती रहेको बताइन्छ । उक्त सडकबाट चुरे गाउँपालिकाको किम्तोला, खसरे, चटकपुर, बजाडी, मिलनपुर, भक्तपुर, गोदाम, मत्स्यलगायताका बस्तीहरु दुर्घटनासंगै पहिरोको उच्च जोखिममा रहेको स्थानीयहरु बताउँछन् ।

सडक निर्माणको कार्य सम्पन्न नहुँदै भाँसिएको बताउँदै चुरे गाउँपालिका वडा नम्बर १ शिवनगरका स्थानीय गणेशकुमार क्षेत्रीले सडक निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरिएको हुँदा सडक भाँसिएर सवारीसाधन दुर्घटनाको जोखिमसंगै बस्तीहरु पनि पहिरोको जोखिममा रहेको बताए ।

उनले भने, सडक निर्माण गर्दा बस्ती जोखिमलाई मध्यनजर गरेर गरिनुपर्ने हो, पहिरोको जोखिम देखिएको ठाउँहरुमा वाल लगाउनुपर्ने तर वालनै नलगाउँदा र गुण्स्तरहीन सामग्रीहरु प्रयोग गरिदा सहजपुर-वीपीनगर-बोगटान सडकखण्ड ठाउँ-ठाउँमा भाँसिएको छ ।

निर्माण कम्पनीको लापरवाहीले र गुणस्तरहीन सामग्रीको प्रयोगले निर्माणधिन सडक भाँसिदै गएको अर्का स्थानीय चुरे गाउँपालिका वडा नम्बर १ मिलनपुरका दीर्घबहादुर सिंहले बताए । उनले भने, निर्माण कम्पनीले व्यक्तिगत र संस्थागत लाभका लागि गुणस्तरहीन सामग्री प्रयोग गरि सडक निर्माण गरेको छ । जुन सडक निर्माण सम्पन्न नहुँदै भाँसिदै गएको देखिन्छ ।

उनले सडक निर्माण गर्दा नाला व्यवस्थापन गरिनुपर्ने हो तर नाला व्यवस्थापन नगरिदा र सडकको छेउछाउमा वाला नलगाइदा सडक दुर्घटना र पहिरोको जोखिम बढेको बताए । प्राविधिक स्टमेट अनुसार सडक निर्माण नगरिदा र कमसल खालका निर्माण सामग्रीहरु प्रयोग गरिदा सहजपुर-वीपीनगर-बोगटान सडक भाँसिदै गएको छ ।

निर्माण कम्पनी पिएल अर कुमार कस्ट्रक्सनले २८ महिनामा काम सम्पन्न गर्ने गरि सम्झौता गरेको भएपनि साढे तीन वर्ष हुँदासम्म पनि उक्त सडकखण्डको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । र सम्पन्न काम पनि गुणस्तरहीन निर्माण सामग्रीहरु प्रयोग गर्दा सडक भाँसिदै गएको छ । निर्माणाधिन उक्त सडकखण्डको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्