Logo
Logo

जनरल इन्स्योरेन्सको तेस्रो साधारणसभा सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा यही असार २१ गते सोमबार सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने कम्पनीको आव २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७६/७७ को, २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाहसम्वन्धी विवरण, आव २०७७/७८ को लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिकसमेत तोकेको छ ।

सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्बिरोध निर्वाचित गरेको छ भने कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्नेसमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्