Logo
Logo

फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा होस् : नेइमार


दृष्टि संवाददाता


एन्जेन्सी । कोपा अमेरिका २०२१ फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुने नेइमारले आसा व्यक्त गरेका छन् ।

पहिलो सेमिफाइनल खेलमा पेरूलाई १–० गोलले पराजित गर्दै आयोजक ब्राजिलले फाइनलमा प्रवेश गरिसकेको छ । ब्राजिल फाइनलमा पुगनेपछि फरवार्ड नेइमार उक्त आसा व्यक्त गरेका हुन् ।

पेरूविरुद्धको खेलपछि नेइमारले भने, ‘फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा होस् भन्ने चाहान्छु। त्यसका लागि मैले अर्जेन्टिनालाई समर्थन गरिरहेको छु, अर्जेन्टिनी टिममा मेरा साथी छन् । र, फाइनलमा ब्राजिलले जित्नेछ।’

बुधबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच दोस्रो सेमिफाइनलको खेल हुँदै छ । अब उपाधिका लागि ब्राजिलले आगामी शनिबार अर्जेन्टिना वा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिल र अर्जेन्टिनाबीच पछिल्लो पटक सन् २००७ को कोपा अमेरिकाको फाइनलमा प्रतिस्पर्धा भएको थियो। भेनेजुएलामा भएको उपाधि भिडन्तमा ब्राजिलले ३-० गोलले अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्