Logo
Logo

फाइनलका लागि स्पेन र इटाली भिड्दै


दृष्टि संवाददाता


काठमाडाैं । युराेपमा जारी १६ औं संस्करणाकाे युराे कपमा फाइनलकाे यात्राका लागि स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

हालसम्म यि दुवै टीमबीच ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्