Logo
Logo

लोकमार्गकै कनकाई पुलमा खाल्डैखाल्डा


दृष्टि संवाददाता


झापा । नेपालको लामो पुलमध्येको पूर्व-पश्चिम लोकमार्गको कनकाई पुलमा खाल्डैखाल्डो परेको छ । बेलैमा मर्मत नहुँदा सवारी आवतजावतमा समस्या हुन थालेको छ ।

झापाको कनकाई र शिवसताक्षी नगरपालिकाको सीमामा रहेको कनकाई नदीको सो पक्की पुल ७०३ मिटर लामो छ । पुलको पश्चिम भागतिर साना र ठूला गरी २८ वटा खाल्डा छन् ।

दैनिक हजारौं सवारी साधन गुड्ने मुख्य लोकमार्गको यति महत्वपूर्ण पुलको बेलैमा मर्मत नगरिनु लापर्वाही भएको र कुनै पनि बेला दुर्घटना हुनसक्ने सम्भावना छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेललाई कनकाई पुलको अवस्था बारेमा ध्यानाकर्षण गराउँदा चाँडै मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरे। हाल पूर्व—पश्चिम लोकमार्गकै रतुवा पुलमाथि परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए ।

सडक तथा पुल मर्मतका लागि चालु आर्थिक वर्षमा रु १० करोड बजेट आएको उहाँले जानकारी दिए । यो पुल विसं २०२८ तिर बनेको हो । केही वर्ष अघिसम्म यो पुल नेपालकै सबैभन्दा लामो मानिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्