Logo
Logo

इटालीद्धारा फाइनल यात्रा तय, स्पेनको उपाधि दौडमा पूर्णविराम


दृष्टि संवाददाता


काठमाडौं । स्पेनलाई टाइब्रेकरमा ४–२ ले स्तब्ध पार्दै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । निर्धारित र थप गरिएको समयमा समेत १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको खेलमा स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै स्पेनको उपाधि होडमा पूर्णविराम लाग्यो ।

लण्डनस्थित बिम्बली रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा इटालीलाई फेडरिको चिसाले खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए भने ८० मिनेटमा अल्भारो मोराटाले स्पेनबाट बराबरी गोल फर्काएका थिए ।

१९६८ को युरोकप विजेता इटाली पछिल्लोपटक २०१२ को युरोकपमा फाइनल पुगेको थियो । त्यस, प्रतियोगितामा स्पेनले नै इटालीलाई ४–० ले हराएको थियो ।

फाइनलमा इटालीले डेनमार्क र इङल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आज राती हुने डेनमार्क र इङल्यान्डबीच खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्