Logo
Logo

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ ।

गणेशमान सिंह फाउण्डेशनले विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान विसं २०४६ मा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र सेनानीलाई प्रदान गर्न लागेको हो ।

फाउण्डेशनले प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान, राजकृष्ण अमात्य, स्व अरविन्द ठाकुर, स्व सूर्यप्रसाद रेग्मी, स्व गिरिराजकुमारी प्रसाईँ, श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य, रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो ।

फाउण्डेशनले मङ्गलबार प्रजातन्त्र सेनानी खनाल र वरिष्ठ फोटो पत्रकार बज्राचार्य र वरिष्ठ रिसाललाई सम्मान प्रदान गरेको छ ।

यस्तै क्रमशः नौ जनालाई सम्मान गर्दै जाने फाउण्डेशनका कार्यालय सचिव धर्मरत्न पाछैले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्