Logo
Logo
काेराेना भाइरस

स्वास्थ्य मन्त्रालयले भन्याे- तेस्रो लहरको सामना गर्न तयार रहौँ


दृष्टि संवाददाता

2.8k
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिएकाे छ ।

बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पाैडेलले तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न मन्त्रालयले अनुरोध गरेका हुन् ।

पछिल्लो समय देखिएको कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अपनाउन उनले आग्रह गरे ।

नेपालमा अहिले कोभिड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ । गएको वैशाख २६ देखि जेठ २० गतेसम्मको नमुना परीक्षणमा मुख्य रुपमा डेल्टाको म्युटेन्ट रुप एवाई १ र कप्पा भाइरस सक्रिय रहेको पाइएको डा. पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्